सुचना, समाचार र मनोरन्जन

आलोचित भएपछि ‘थिरिमाली’मा दुरुपयोग भएको अदिती र जसिता तस्विर हट्यो

British college

काठमाडौं । तेलुगु फिल्ममा नेपाली चलचित्रका दुई सफल अभिनेत्री अदिती बुढाथोकी र जसिता गुरुङको तस्वीरलाई दुरुपयोग भएको केहि समयमा हटाइएको छ । मलायलम फिल्म ‘थिरिमाली’ यि दुइ अभिनेत्रीको तस्विरलाई गलत सन्देशका लागि राखिएपछि आलोचना भएको थियो । यसकारण चौतर्फी आलोचना भएपछि निर्माणपक्षले फोटो हटाएको छ ।

फिल्ममा समावेश आइटम गीतमा नेपाली अभिनेत्रीसँगै अन्य मोडलहरुको समेत तस्वीरलाई समावेश गरिएको थियो । अभिनेत्रीको गलत सन्देश प्रवाह दिएको भन्दै निर्माणपक्षलाई नेपाली टिमले सजग गराएको थियो । आलोचनाको कुरा बाहिरिएपछि तत्काले गीतको भिडियोबाट अभिनेत्रीहरुको तस्वीर हेर्दै गरेको दृश्य हटाइएको छ । यस फिल्मको आइटम गीतमा अभिनेत्री स्वस्तिमा खड्का र नेपाली कोरसले आइटम नृत्य गरेका छन् । फिल्म भारत र नेपालमा छायांकन गरिएको थियो ।

कमेन्ट्स
Loading...