काठमाडौं :
यो फिल्म आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउने लभस्टोरी फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रवार बोधी एचडी युट्युब च्यानलबाट रिलिज गरेको हो । १ मिनेट ३० सेकेन्ड लम्बाईको टिजरमा अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आर एल शाहबीच प्रेममा आउने उतार–चढावलाई देखाइएको छ ।
निर्मता रमेश एमके पौडेलको डेब्यू निर्देशित फिल्ममा पुष्प र साम्राज्ञीका साथै सन्दीप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय देख्न सकिन्छ । लामो समय देखि बेलायत बस्दै आएका कलाकार ध्रुव दत्तले विशेष भूमिका निर्वाह गरेका छन्।

निर्देशक पौडेलको कथा, गीत र निर्माण रहेको फिल्मलाई आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरले लगानी गरेको हो । फिल्मको निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन्।
कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा शिव ढकालको छायांकन र सुभाष भुसाल÷योगेश काजीको संगीत छ । यसअघि फिल्ममा समावेश ‘रुमाल बाटेर टाई बनाम’ बोलको डान्सिङ गीत सार्वजनिक गरिएको थियो । जुन स्रोतामाझ लोकप्रिय रहेको छ ।