सुचना, समाचार र मनोरन्जन
kumdini

‘एक तोलाको वाला’मा ल्याङ्रे दादा र बिना राउतको रोमान्स

काठमाण्डौँ : 

लामो समयदेखि नृत्य विधामा आफ्नो राम्रो स्थान बनाउदै निरन्तर यस् क्षेत्रमा कोरियोग्राफीसंगै म्युजिक भिडियोमा पनि सक्रि निर्देशक तथा कोरियोग्राफी सुरेन्द्र बसेलले आफ्नै युट्युब च्यानल बसेल कृयशन मार्फत पहिलो प्रस्तुतिको रुपमा ‘एक तोलाको वाला’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरेका छन ।

British college

थुप्रै चर्चित टेलिसिरियल मेरी बास्सै, सक्किगो नि लगायत ,म्युजिक भिडियोमा अभिनय मार्फत आफ्नो ल्याङग्रे दादाको छवि बनाएका कलाकार तथा मोडेल सुमन ज्योति न्यौपानेको लगायत मोडेल बिना राउत, बिकास नेपालीको रमाइलो अभिनय देख्न सकिन्छ । गायक भुवन थापा मगर र गायिका सिता पौडेलको सुमधुर आवाजले सजिएको गीतमा शब्द डि बी खनाल संगीत शंकर स्माईलीको रहेको छ भने एरेन्ज उदयराज पौडेल रहेको छ ।

पाटन दरबार स्क्वायरको मनमोहक दृश्य कैद गरिएको यस् भिडियोमा छाँयाकन दिनेश पराजुली र सम्पादन तथा कलरिङ्ग नबिन निरौलाको रहेको छ । पाँच पाण्डवको प्रस्तुति तथा विशेष सहयोगमा निर्माण भएको यस् भिडियोलाई मैतिदेवीस्थित डोरी रेष्टुरेण्टमा कलाकार तथा भिडियो निर्माण टिमको बिचमा सार्वजनिक गरिएको हो ।

भिडियोलाई हेरिदिन र के कस्तो लाग्यो भनेर कमेन्ट गरिदिन हुन सम्पुर्ण टिमले आग्रह गरेका छन भने सहयोग गर्नु हुने र सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरु, सञ्चारकर्मी लगायतलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहेको कुरा निर्देशक तथा कोरियोग्राफर सुरेन्द्र बसेलले बताए।

youtube.com/watch?v=2-XJZ8f4Yew

 

 

 

 

 

कमेन्ट्स
Loading...