सुचना, समाचार र मनोरन्जन

नौ वर्षदेखि थला परेका राईसहित दुईको उद्धार

नौ वर्षदेखि थला परेका राईसहित दुईको उद्धार

काठमाडौं ।

प्रदेश नं १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले विगत नौ वर्षदेखि बिरामी परी थला परेका एक वृद्धको आज उद्धार गरी उपचारको व्यवस्थापन गरेकी छन् ।

उनले आर्थिक अवस्था कमजोर रही बिरामी परेका भोजपुरको षडानन्द नगरपालिका–४ का ७० वर्षीय रामबहादुर राईको उद्धार गरी उपचारका लागि विराटनरस्थित मानवसेवा आश्रममा ल्याएकी हुन् ।

वृद्ध राईको एक मात्र सन्तान छोरा मानसिक रोगी भएका कारण उपचार र पालनपोषणमा समस्या भएपछि दुवै जनालाई उद्धार गरी विराटनगर ल्याइएको छ ।

राज्यमन्त्री गजमेरले राईको स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताउँदै सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिको उद्धार तथा पुनःस्थापनाको काम प्रदेश सरकार गर्ने छ भनिन् ।

सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको छ । राईलाई दुई महिनाअघि स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्यचौकीले स्लाइन पानीलगायत प्राथमिक उपचार गरेको थियो । मानव सेवा आश्रमका प्रदेश संयोजक नवराज केसीले राईको स्वास्थ्य परीक्षणपछि रोगबारे थाहा हुने जानकारी दिए । रासस

कमेन्ट्स
Loading...