सुचना, समाचार र मनोरन्जन

नेपाल्स सिनेमा फेस्टमा अनुमति बिना आफ्नो फोटो राखेको भन्दै विजय लामाले जनाए आपत्ति

काठमाडौं : 

नेपाल्स सिनेमा फेस्टको घोषणा हुनु भन्दा अघिबाटै विवादमा तानिरहेको थियो । पछिल्लो समय चलचित्रका कलाकारहरुको फोटो स्वीकृति बिना नै पोस्टरमा राखिएपछि कलाकारहरुले आपत्ति जनाउन थालेका छन् ।अभिनेता तथा क्याप्टेन विजय लामाले दुबईमा आयोजना हुन लागेको नेपाल्स सिनेमा फेस्टमा आफ्नो फोटो प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् ।उनले बुधवार आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘यहि पोस्ट मार्फत मेरो यस कार्यक्रमसँग कुनै पनि संलग्नता नभएको जानकारी गराउन चहान्छु । आइन्दादेखि कसैले पनि मेरो तस्बिरहरु चलाउन परे पुर्व सुचना या स्बीकृति लिएर मात्रै गर्नु होला! जय चन्द्र सुर्य!’

उनले आफुलाई जानकारी नै नलिइ यसरी आफ्नो तस्विर प्रयोग गरेकोमा आयोजक टिमलाई प्रश्न गरेका छन् । उनले अगाडी लेखेका छन्,‘केही समय यता यो कार्यक्रम लिइ बिबादास्पद कुराहरु अनि समाचारहरु सामाजिक सन्जालमा छ्याप छ्याप्ती देखिन थालेको छ । अचम्मको कुरा के भने मेरो पनि तस्बिर पोस्टरमा देखे । न मलाई यसबारे जानकारी नै छ न निमन्त्रणा नै छ, न मलाई सहभागिता जनाउन समय नै छ । यसरी लिखित स्बीकृति बिना नै मेरो तस्बिर चलाएर राख्नु कतिको उचित हुन्छ?’

यस बारेमा आयोजक टिमले प्रतिउत्तर गरेको छैन । विवादित सूर्य कर्पोरेसनसँग चलचित्र विकास बोर्डले फेब्रुअरी १२ देखि १५ सम्म ‘नेपाल्स सिनेमा फेस्ट २०२३ ’ दुबईमा गर्न लागेको छ । यो अवार्ड कार्यक्रममा ‘महापुरुष’टिमले सहभागी नहुने यस अघि नै जानकारी दिइसकेको छ ।

कमेन्ट्स
Loading...