सुचना, समाचार र मनोरन्जन

कोरोना उद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा 

  •  
  •  
  •  
  •  

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका विज्ञको टोलीले कोभिड–१९ उद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको बताएको छ ।

‘हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९ को कारक मानिने भाइरसको उद्गमस्थल पनि हो,’ डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा भने ।

‘अध्ययनका लागि चीन पठाइएको सङ्गठनका विशेषज्ञको टोलीले आधारभूत काम सकिसकेको छ’,उनले भनेर् यी प्रयासको परिणामका रूपमा डब्ल्यूएचओको नेतृत्वमा चिनियाँ विज्ञहरूले टोलीको अध्ययन र कामका लागि आवश्यक सन्दर्भ सर्तहरूको मस्यौदा तयार गरेका बताएका छन् ।

‘अन्तर्राष्ट्रिय टोलीमा चीन र विश्वभरका अग्रणी वैज्ञानिक र अनुसन्धानकर्ताहरु सामेल हुनेछन्,’ डब्ल्यूएचओ प्रमुखले भने । छिट्टै केही सङ्क्रमणको सम्भावित श्रोत पहिचान गर्न चीनको वुहानमा महामारीविज्ञानसम्बन्धी अध्ययन सुरु हुनेछ,’ उनले भने, ‘यस कामबाट उत्पन्न प्रमाण र परिकल्पनाले दीर्घकालीन अध्ययनका लागि आधार तयार पार्नेछ । दुई डब्ल्यूएचओ विशेषज्ञहरु मिलेर एक टोलीलाई तीन हप्ता पहिले चीन पठाएका थिए ।

कमेन्ट्स
Loading...