सुचना, समाचार र मनोरन्जन

यस कारण यम बरालले दोस्रो विवाहलाई गुपचुप राखे

काठमाडौ । केहि दिन यता गायक यम बरालको दोस्रो विवाहले राम्रै चर्चा पाइरहेको छ । दोस्रो विवाह गरेर गुपचुप राखेका गायक बरालले तीन दिन अघि आफुले दोस्रो विवाह नगरेको दाबी गरेका थिए । त्यस्तै उनले विवाह गरेको भनिएकी नेपाली कांग्रेस नेतृ गीताञ्जलीले पनि आफुले गायक बरालसँग विवाह नगरेको बताएकी थिइन् । उनीहरुको विवाह भएको कुरा बाहिर आएता पनि विवाह नभएको झुटो कुरा बोलिरहेका थिए ।
ढाकछोप गर्र्दा गर्दै अन्ततः गायक बराले मुख खोलेका छन् । उनले आफुले विवाह छोराको कारणले गोप्य राखेको बताएका छन् उनले सामाजिक सञ्जालमा टिकाटिप्पणी हुने डरले पनि दोस्रो विवाहको कुरा बाहिर नल्याएको उल्लेख गरेका छन् । उनले भने,‘अहिले सामाजिक संजालमा सकारात्मक भन्दा नकारात्मक टिकाटिप्पणी धेरै हुने गरेको छ । मैले विवाह सार्वजनिक गर्दा पनि विभिन्न टिकाटिप्पणी हुनसक्थ्यो । मेरो छोरो भर्खरकै छ । उसले ती सबैकुरा बुझ्दैन । उसको जीवनमा नकारात्मक प्रभाव नपरोस् भन्ने मेरो चाहाना हो ।’

गायक बरालले गीतासँग एक दिदीमार्फत भेट भएर सामान्य चिनजान मात्र थियो । उक्त भेटघाटको समयमा बरालले छोरालाई पनि साथैमा लगेका थिए । पहिलो पटक भेटभएपछि गीतासँग उनको भेटघाट बाक्लिदै गयो । त्यसपछि उनले लगनठाँडो कसेका हुन् । दश वर्ष एक्लै जीवन बिताएका गायक बराल विवाह नगर्ने सोचमा रहेका थिए ।

उनले छोराको खुशीको लागि आफुले विवाह गरेको बताए । एक वर्ष अघि अमेरिकाबाट नेपाल आएका उनी नयाँ घर पनि किनेका थिए । आकृति राणासँग विवाह गरेका बरालले सन् २०११ मा सम्बन्धविच्छेद गरेका थिए । राणा र बरालको एक छोरा रहेका छन् ।

कमेन्ट्स
Loading...