सुचना, समाचार र मनोरन्जन

संगीतकार योगेश काजीलाई मन पर्ने आफ्नै पाँच गीत 

काठमाडौ । नेपाली सांगितिक क्षेत्रमा पछिल्लो केहि वर्ष यता दर्शक तथा स्रोतामाझ लोकप्रिय नाम हो योगेश काजी । ‘एक्सको छम्मा, ‘फुटेका चुरा, हेलो हाई, पिरतीको झरी,ऐसेलुका, फिल्म नाइकेको टाइटल गीत ‘म हुँ नाइके, छक्का पञ्जा टिमको फिल्म ‘छ माया छपक्कैको ‘जुनको जुनलै’बोलको गीतबाट दर्शक तथा स्रोतामाझ लोकप्रिय बनेका हुन् ।

युवा पुस्तामा लोकप्रिय बनेका संगीतकार काजीका ,‘तिम्रो मेरो साथ’को दुई वटा गीत दर्शक तथा स्रोतामाझ आउने तयारीमा रहेका छन् । दर्शक तथा स्रोताको रोजाईमा परेका गायक, संगीतकार तथा एरेन्जर योगेशले आफैले संगीत भरेको र  गाएका गीतहरुमध्ये मनपर्ने ५ वटा गीत यसरी सुनाएँ । जुन गीत यसप्रकारका रहेका छन् ।

हुँ म नाइके 

यो गीत मलाई असाध्यै प्रिय र मन पर्ने हो । किनभने मैले पहिलो फिल्म नाइकेमा कम्पोज गरेको गीत जुन सर्वाधिक दर्शकले मन पराइदिनुभएको थियो । पोखरामा मैले सांगितिक क्षेत्रमा संघर्ष गरिरहेको बेला यो फिल्ममा संगीत गर्ने अवसर जुटेको थियो । त्यसैको माध्यमले मैले अन्य गीतहरुमा संगीत भर्ने र गीत गाउने अवसर पाएको थिए ।

दैव हे 

मैले यो गीत भुकम्पको बेलामा बनाएको गीत हो । जताततै भुकम्पको त्रासमा रहेको बेला यो गीत सार्वजनिक गरेको थिए । यसलाई पनि दर्शकले अत्यधिक मन पराइदिनुभएको थियो । भुकम्पलाई एउटा प्रतिबिम्ब बनाएर यो गीत सिर्जना गरेको थिए । यो गीत मैले फेसबुकमा पोष्ट गरेको चौबिस घण्टामा अठासी लाख पटक हेरिएको थियो । त्यो समयमा फेसबुकले समेत मलाई म्यासेज पठाएको थियो । मलाई दर्शकमाझ चिनाएको र आफै स्रोता भएर गीत सुन्दा पनि मन पर्छ ।

मेरो मनको बाण चल्यो 

British college

यो सुफि प्याटनको गीत हो । यस्ता गीत नेपालमा त्यति धेरै छैनन् । बलिउडमा भने  यो प्याटनका गीत अलिक बढि चलेका छन् । यो गीत शिव परियार दाई र मैले मिलेर बनाएको गीत हो । यो आफ्नै शब्द संगीत र स्वरमा रहेको गीत निकै चलेको गीत हो ।

भन के मिलेन 

यो गीत चाही केहि समय अघि पश्चिमको रुकुममा भएको घटनालाई लिएर निर्माण गरेको थिए । जहाँ नवराज विक लगायतको हत्या भएको थियो । त्यहि घटनालाई आधार मानेर यो मा बनाएको थिए । यस गतिलाई डिपी खनालले गीतलाई मार्मिक तरिकाले लेख्नुभएको छ । डिपी खनालले त्यो घटनालाई आधार मानेर एक लाइन शब्द फेसबुकमा लेख्नुभएको थियो । उहाँको स्टाटसको लाइन यस्तो थियो ‘हिजो तन मिल्यो अन्ति मन मिल्यो ,भन कुन दिन कुन रात मिलेन । भन्छौ आज हाम्रो जात मिलेन ।’ यहि शब्दलाई हामीले गीत बनाएका थियौँ । जुन गीत एकदमै स्रोता दर्शकको मनमा बस्न सफल भएको थियो । त्यस कारण पनि यो गीत मलाई एकदमै मन पर्ने मध्ये एक गीत हो ।

पानी खोलीको 

केहि दिन अघि रिलिज भएको यो गीत बनाउँदा निकै मेहनत गरेको थिए । यो गीतमा मेरो प्राण नै यो गीतमा रहेको छ । किनभने लकडाउनको समयमा एक्लै काठमाडौमा परे । यो समयमा मैले गायक झलकमान गन्धर्वलाई एकदमै धेरै सम्झिए । उहाँको गीतहरु गुनगुनाए ।

उहाँका गीतहरु सुन्दै जाँदा उहाँबाट यति प्रभावित भएकी म व्यक्त गर्न पनि सक्दिनँ । धेरै कुराहरु थाहा पाए । माटोबाट नै टुसाहरु उम्रिदा नै मेलोडी के उहाँको गीतहरुमा । पहाडबाट,छहाराबाट उहाँका गीतमा मेलोडी पाए । ति गीतका शब्दहरुमा केहि मिसावट छैन । मैले पाइनँ पनि । अनि उहाँकै हरेक गीतबाट प्रभावित भएर मैले ‘चोखो माया बनायौँ पिक्का,खेल्यौ तिम्मेले दोहोरो भुमिका, पानी खोलीको , केहि भर रैनछ तिम्रो बोलीको’ गीत रचना गरे ।

यो गीत मैले स्ुटडियोमा नै विहानको ४ बजे कम्पोज गरेको गीत हो । यो गीत पहिलो लकडाउनमा कम्पोज गरेको हो । यो गीत मेरा लागि एकदमै प्रिय छ ।

                                                                                                                                                            प्रस्तुती : भोला अधिकारी 

 

 

कमेन्ट्स
Loading...