सुचना, समाचार र मनोरन्जन

‘पानी खोलिको’ गीत दुर्गेशले चोरेको गायक योगेश काजीको आरोप

British college

काठमाडौं । गायक तथा सङ्गीतकार योगेश काजीको एक गीत चोरी भएको छ । गायक काजीले आफ्नो स्वरको गीत ‘पानी खोलिको’ अर्का गायक दुर्गेश थापाले चोरेको आरोप लगाएका छन् । उनले टेलिफोन कुराकानीमा भने ‘मैले गाएको यो गीत माघ १ गते सार्वजनिक गर्ने भन्ने तयारीमा रहेको थिए । गायक दुर्गेशलेले ७ महिना अघि नै अडियो बेचिसकेको रहेको छ । त्यसैले म निकै तनावमा रहेको छु ।’

गायक काजीले आफ्नो युटुब च्यानल वाइटीएच इन्टरटेनमेन्टबाट हिजो रिलिज गर्ने भनिएको गीत कपी राइट लागेका कारण आज रिलिज गरेको बताए । उनले उत्साह र उमङ्ग का साथ बजारमा माघे संक्रान्तीको अवसरमा गीत स्रोता तथा दर्शकमाझ पस्किने बित्तिकै अडियो कपिराइट लागेपछि तनावमा रहेको बताए ।

योगेशले कुराकानीका क्रममा भने गायक दुर्गेश थापाले सात महिना अघि नैसहमती तथा सम्झौता नगरी आफ्नो युट्युवमा अपलोड गरेका रहेको यसबारेमा उनीसँग छलफल भइरहेको बताए । उनले भने,‘यो अधिकार तिमिलाई कसले दियो ? बिना कुनै सम्झौता सुन्न को लागि दिएको गीतलाई यसरी चोरी गर्नु अपराध हो । छलकपट हो घात हो ।’ गीत चोरीका बारेमा गायक दुर्गेशले स्वीकार नगरेको सतेत गायक योगेशले बताए ।

कमेन्ट्स
Loading...