सुचना, समाचार र मनोरन्जन

पोखरामा सरकारको पक्षमा राष्ट्रिय युवा संघ नेपालले गर्यो प्रदर्शन (फोटो फिचर)

  •  
  •  
  •  
  •  

पोखरा / 

पोखरामा सरकारको पक्षमा राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । शनिबार प्रदर्शनकारीहरुले ‘जुडीसेरी युथ आर वाचिङ’, ‘द केपी ओली पिपुल्स च्वाइस’, ‘भ्वाइस अफ नेशन, च्वाइस अफ जेनेरेसन’, ‘जबसम्म रहन्छन् चन्द्रसुर्य झुक्ने छैन हाम्रो स्वाभीमान’, ‘वैदेशिक हस्तक्षेपको प्रतिवाद गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं’ लगायतका नारा लगाएका थिए । मानवअधिकार चोकदेखि सुरु भएको र्याली महेन्द्रपुलमा पुगी कोणसभामा परिणत भएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल, गण्डकी र कास्कीको संयुक्त आयोजनामा भएको प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका सांसद एवं युवा सङ्घका पूर्व अध्यक्ष राजीव पहरीले देशमा स्थिरता नचाहनेहरुले अनेक तानाबाना बुनेको बताए । उनले विकास निर्माण, आर्थिक समृद्ध हासिल गर्नमा ओली सरकारले सकरात्मक काम गरेको र विपक्षी कामको लोकप्रियतासँग डराएको अभिव्यक्ति दिए ।

यस्तै, राष्ट्रिय युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले अहिलेको गठबन्धनको कुनै तुक नरहेको बताए । उनले सरकारको षडयन्त्र रच्ने काम मात्र भएको जिकिर गरे । अनावश्यक आलोचना सुन्न नसकेर युवाहरु सडकमा आउनुपरेको भनाई उनको थियो ।

कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर वैरागी,राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटि सदस्य विकास अधिकारी, हरि लम्साल लगायत सचिवालयका सदस्यहरु सहित केन्द्रिय कमिटि र कास्की जिल्लाका युवा नेताहरुको बाक्लो उपस्थिति थियो । राष्ट्रिय युवा संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाई कास्कीका अध्यक्ष पानबहादुर जिसीले संचालन गरेका थिए ।

कमेन्ट्स
Loading...