सुचना, समाचार र मनोरन्जन

राजु लामासँग ‘मिस पबी’को सहकार्य

काठमाडौं :

गायक राजु लामासँग पवित्रा साँकी ‘मिस पबी’ले एउटा गीतको म्युजिक भिडियोमा सहकार्य गरेकी छन्। उनले राजु लामाको एउटा नयाँ गीतको भिडियोमा काम गरेकी हुन्।

मिस पवीले मंगलबार राजु लामासँगको एक तस्वीर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै नयाँ गीतको भिडियोमा सहकार्य गर्न लागेको जानकारी दिएकी छन्। उनले पहिलो पटक गायक तथा रियालिटी शो निर्णायक समेत भइसकेका राजु लामासँग पहिलो पटक सहकार्य गर्न लागेकी हुन्।

मिस पवी डढेलधुरामा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई चुनावमा हराउन र सागर ढकाललाई जिताउन अभिनय चलाएकी थिइन्। उनी सामाजिक सञ्जालमार्फत चर्चामा आएकी मोडल हुन्।

Leave A Reply

Your email address will not be published.