सुचना, समाचार र मनोरन्जन

नाभ्यता कप फुटसलको उपाधि जिएमसी समूहलाई पोखरा

‘स्वास्थ मुटुको लागि खेलकुद’ भन्ने नाराका साथ नाभ्यता हार्ट एन्ड एलाइड सेन्टर प्रालिले आयोजनामा भएको फाइनल खेलमा फिस्टेल अस्पताललाई पराजित गर्दै जिएमसी विजेता बनेको हो ।

पोखरा /

तेस्रो नाभ्यता कप फुटसल प्रतियोगिताको उपाधि जिएमसी मेडिकल कलेजीले हात पारेको छ ।

‘स्वास्थ मुटुको लागि खेलकुद’ भन्ने नाराका साथ नाभ्यता हार्ट एन्ड एलाइड सेन्टर प्रालिले आयोजनामा भएको फाइनल खेलमा फिस्टेल अस्पताललाई पराजित गर्दै जिएमसी विजेता बनेको हो ।

प्रतियोगितामा विजेता टिमले नगद १५ हजार रुपैयाँ, मेडल र ट्रफी र उपविजेताले १० हजार रुपैयाँ मेडल र ट्रफी प्राप्त गरे । प्रतियोगितामा ६ टिम सहभागी रहेको थियो ।

प्रतियोगिताको म्यान अफ द म्याच विकास रेग्मी, सर्वाधिक गोल गर्न आदित्य बास्तोला बने । प्रतियोगितामा घाइते एमआर समूहका खेलाडीलाई नाभ्यता एलाइड सेन्टरले उपचार खर्च प्रदान गरेको थियो ।

कार्यक्रम डा. अभिशेक मास्केको प्रमुख आतिथ्यतामा भएको थियो । आयोजक नाभ्यताका अध्यक्ष डा. नवराज पौडेलले केहीवर्ष यता यस्तै कार्यक्रम गर्दै आएको बताए ।

Leave A Reply

Your email address will not be published.