सुचना, समाचार र मनोरन्जन

विश्व मुख स्वस्थ्य दिवस: नेपाल डेंटल एसोसिएसन कास्कीको जनचेतनामूलक कार्यक्रम

पोखरा /

विश्व मुख स्वस्थ्य दिवसको अवसरमा  नेपाल डेंटल एसोसिएसन कास्कीले विभीन्न  जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरि मनाएको छ।

यो बर्सको नारा A Happy Mouth is.. A Happy Body. रहेको छ। वो‍ल्ड डेन्टल फेडेरेसन (FDI) को आह्वानमा हरेक बर्षको मार्च २० लाई  बिश्व मुख स्वस्थ्य दिवसका रूपमा मनाइने गरिएको छ ।

दिवसको अबसरमा नेपाल  डेन्टल एशोसिएसन कास्की  शाखाले जनहितमा जारी गर्दै सचेतनात्मक स्टिकर पनि प्रकाशन गरेको छ । हाल दातको उपचार गैर चिकित्सकबाट हुने गरेको धेरै जनगुनासो आइरहेकोले सो स्टिकर प्रकाशन गरिएको हो । उक्त स्टिकर सम्पूर्ण क्लिनिक,अस्पतालहरुमा टासिने एसोसिएसन कास्कीले जनाएको छ ।

कार्यक्रमलाई नेपाल डेंटल एसोसिएसन कास्की र GMC पोखराले संयुक्त आयोजना गरेका हुन्। उक्त कार्यक्रममा नेपाल डेंटल एसोसिएशन कास्कीका अध्यक्ष डा सपना लछ्मि तुलाधर नेपाल मेडिकल एसोसिएशन गण्डकीका अध्यक्ष डा राजन शर्माको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.