सुचना, समाचार र मनोरन्जन

रामकृष्ण ढकाल र पाँच वर्षीया आर्याको ‘मायाको घर’ सार्वजनिक

काठमाडौं:

रामकृष्ण ढकालको नयाँ गीत ’मायाको घर’ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो।

पाँच हजार भन्दा बढी गीतहरूमा आवाज दिइसकेका गायक ढकालले गाएको गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत रहेको छ। यस गीतको भिडियोमा बाबा र छोरीको कथालाई पेश गरिएको छ। अझ भनौँ दर्शकको मनलाई गीत र भिडियोले छुन्छ। गीतको भिडियोलाई स्वीकृति सापकोटाले निर्देशन गरेकी छन्। यसमा गायक ढकाल र पाँच वर्षीया कलाकार आर्या भानीले अभिनय गरेका छन्। भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिकामा अभिनय गरेका छन्।

Pach Pandav

कार्यक्रममा ढकालले यो भिडियोको कथा कहीँ कतै हाम्रो नजिकमा मेल खाने बताए। उनले यो कथा आफ्नो पनि नजिकको रहेको र धेरैको जीवनमा मेल खाने प्रतिक्रिया दिए। विशेष अतिथिको रूपमा उपस्थित नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले म्युजिक भिडियोको सफलताको शुभकामना दिँदै नेपाली गीत सङ्गीत क्षेत्रमा गायक रामकृष्ण ढकालको नाम सुनौलो रहेको बताए। कार्यक्रममा गीतकार कँडेल, सङ्गीतकार लम्साल तथा अतिथिको रूपमा गायक द्वय यम बराल र हेमन्त शर्माको पनि उपस्थिति थियो। राई, शर्मा र बरालले संयुक्त रूपमा म्युजिक भिडियो सार्वजनिक गरेका थिए।

भिडियोमा सुशील खनालको छायाङ्कन तथा सम्पादन रहेको छ भने क्रिएटिभ हेड आशा गौतम र सहायक निर्देशक रोशन अधिकारी हुन्।

Leave A Reply

Your email address will not be published.