सुचना, समाचार र मनोरन्जन

मनसुनले कसैको भनसुन सुन्दैन

  •  
  •  
  •  
  •  

सम्पादकीय /

मानो खाएर मुरी उब्जाउने याम हो असार । असारको सुरुवाती समयमै मनसुनले आफ्नो पहिचान दियो । बाढी, पहिरो र डुवानको सास्ती थपिदियो । मनसुनले खेतीकिसानीलाई राहत दिए पनि बाढीले अन्य नागरिकलाई गोता र जोखिम थपिदिएको छ । कृषिप्रधान देश नेपालमा असारे रोपाईंको आर्थिक र साँस्कृतिक विशेषता छ । असारको पहिलो सातामै पानीको मौन जुलुश र बाढीको वितण्डाले नागरिकको अमन चैनमा खतराको घण्टी बजाएको छ । सिन्धुपाल्चोकको मेलम्चीले पीडाको परीक्षा सामाना गरेको छ । मानव वस्तीको विनास, विद्युत उत्पादन गृह ध्वस्त, उर्वर फाँट बगर बन्दा प्रकृतिसँगको सङ्घर्ष झन् पेचिलो बनेका छ । हिमाली र पहाडी क्षेत्रका नदीकिनारका बस्ती जोखिममा रहेका छन् ।

असारको पहिलो सातामै पानीको मौन जुलुश र बाढीको वितण्डाले नागरिकको अमन चैनमा खतराको घण्टी बजाएको छ । सिन्धुपाल्चोकको मेलम्चीले पीडाको परीक्षा सामाना गरेको छ । मानव वस्तीको विनास, विद्युत उत्पादन गृह ध्वस्त, उर्वर फाँट बगर बन्दा प्रकृतिसँगको सङ्घर्ष झन् पेचिलो बनेका छ ।

मनसुनले कसैको भनसुन सुन्दैन् । प्राकृतिक चक्रलाई रोक्न र छेक्न विज्ञानले कुनै ‘रिमोर्ट कन्ट्रोल’ बनाउन सकेको छैन् । हजारौं वर्षदेखि मानव पूर्खाले प्रकृतिसँग पौठेँजोरी खेल्दै र सङ्घर्ष गर्दै आए । प्रकृति विनासका लागि चेतनशील भनिने मानव जति क्रियाशील छ त्यती जीवजन्तुले छैनन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हरेक दिन बुलेटिन प्रकाशित गर्दै सतर्क रहन र सावधानी अप्नाउन आग्रह गर्छ तर अटेरी स्वभावले विपत्तिलाई आमन्त्रण गरेको छ । यो वर्ष भारी बर्षा हुने र बाढीले वितण्डा मच्चाउने कुरा सार्वजनिक भैसकेको छ ।

१ सय १० दिनसम्म नेपाली आकाशमा मनसुनी बादल मडारिने छ । सुरुवाती समयमै यस्तो सास्ती दिएको मनसुनले बाँकी समय अझ पीडादायी र अप्रिय बनाउने पक्का छ । बेलैमा उद्धार र राहतको व्यवस्था गर्न सम्बन्धित निकाय चनाखो रहनुपर्छ । जोखिममा रहेका बस्तीलाई पूर्वसूचना गर्नुपर्छ । यसका लागि ‘अर्ली साइरन सिस्टम’ को प्रबन्ध गर्नुपर्छ । सञ्चार माध्यम जानकारी दिँदा र नेपाल टेलिकमले मोवाइलमा सन्देश पठाउँदा जनधनको क्षति न्युनीकरणमा प्रभावकारिता देखिन्छ । नेपालको भौगोलिक बनावट प्रकोप र विपत्तिका दृष्टिकोणले संवेदनशील छ । प्रकृतिको चरम दोहन गर्ने सनातन मानसिकता घातक छ । नदीजन्य सामाग्रीको पैठारीले तत्काल केही लाभ त होला तर दीर्घकालीन नोक्सानको आङ्कलन पनि गर्नुपर्छ ।

हिजो खोला दर्ता गरेर झोलामा राखे, आज खोला बस्तीमा पस्यो भनेर हाँहाकार गरिएको छ । खोला अतिक्रमण गरेर वस्ती बसेको सत्यलाई विर्सन मिल्दैन् । खोलालाई कुलोमा कैद गर्ने र कुलोलाई दुलोमा दर्ज गर्ने मिचाहा प्रवृत्तिले विपत्तिको आमन्त्रण गरेको हो । प्रकृतिको आफ्ने लय र लिपि हुन्छ, अनावश्यक दख्खल दिँदा दुःख मानिसले नै भोग्नुपर्छ । खोलाको लय अवरोध गर्नु प्रलह र विपत्तिलाई निम्ता दिनु हो ।

कोरोना सङ्क्रमणले आजित नागरिक मनसुन सुरू भएसँगै प्रकृतिको विपत्तिसँग फेरि जुध्नु परेको छ । वर्षाद्पछिको पहिरो, बाढी र डुबानले नागरिकलाई त्रसित मात्रै होइन घरबार छोडेर हिँड्नु पर्ने बनाएको छ । विपत्तिको सामाना जसोतसो नागरिकले नै गरेका छन् । सुरक्षाकर्मीले खेलेको उल्लेखनीय भूमिकालाई नागरिकले विर्सन सक्दैनन् । कोरोनाको कहरबाट जोगिदै उद्धार र सहयोगमा नागरिक समाज पनि आउनुपर्छ । हिजो खोला दर्ता गरेर झोलामा राखे, आज खोला बस्तीमा पस्यो भनेर हाँहाकार गरिएको छ । खोला अतिक्रमण गरेर वस्ती बसेको सत्यलाई विर्सन मिल्दैन् । खोलालाई कुलोमा कैद गर्ने र कुलोलाई दुलोमा दर्ज गर्ने मिचाहा प्रवृत्तिले विपत्तिको आमन्त्रण गरेको हो । प्रकृतिको आफ्ने लय र लिपि हुन्छ, अनावश्यक दख्खल दिँदा दुःख मानिसले नै भोग्नुपर्छ । खोलाको लय अवरोध गर्नु प्रलह र विपत्तिलाई निम्ता दिनु हो ।

कोभिडकालीन समयमा बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका लागि हेलिकोप्टर पर्यटन फस्टाएको छ । फुसर्दमा ‘वरको सिन्को पर नसार्ने’, हतारमा हवाई निरीक्षण गर्ने शैलीको जनस्तरबाट विरोध भइरहेको छ । हवाइ उद्धार सेनाले गर्ने हो, नेताले होइन भन्ने संस्कार विकसित हुनुपर्छ । बाढी पीडितलाई भेट्न नेता र कार्यकर्ताले सरकारी धनमा शयर गरेको सुहाएको छैन् ।

कोमिड १९ को महामारीले नेपालको पर्यटन ठप्प छ । कोभिडकालीन समयमा बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका लागि हेलिकोप्टर पर्यटन फस्टाएको छ । फुसर्दमा ‘वरको सिन्को पर नसार्ने’, हतारमा हवाई निरीक्षण गर्ने शैलीको जनस्तरबाट विरोध भइरहेको छ । हवाइ उद्धार सेनाले गर्ने हो, नेताले होइन भन्ने संस्कार विकसित हुनुपर्छ । बाढी पीडितलाई भेट्न नेता र कार्यकर्ताले सरकारी धनमा शयर गरेको सुहाएको छैन् । उद्धार र राहतका लागि मातहतका निकायलाई सामान्य निर्देशन दिए पुग्छ । जिल्ला प्रशासन कार्यालयले एकद्वार प्रणाली मार्फत् पालिकाको सिफारिशमा अत्यावश्यक सामाग्री वितरण गर्न सक्छ तर व्यक्तिगत स्वार्थका लागि फोटो खिचाउने लालसा र सस्तो लोकप्रियताका लागि पायक पर्ने ठाउँमा राहत वितरण गर्नु वास्तविक पीडितका लागि अन्याय हो ।

प्रकृतिको चरम दोहन, भद्धा मजाक र स्वार्थपूर्तिले भावी पुस्तालाई समेत अन्याय गर्नेछ । बाढी, पहिरो र डुबानको समयमै दीर्घकाली उपाय खोज्नुपर्छ । असारे बजेट खर्च गरे जस्तै असार लागेपछि समस्याको समाधान खोज्ने होइन् । योजनावद्ध वस्ती विकास, कृषि, पशुपालन, उद्योग र व्यवसायका लागि चयन गरिने स्थानले भावी सङ्कटको सम्बोधन गर्न सक्छ । विकासका नाममा हरिया पहाडमाथि पहेँला डोजरको आतङ्क बन्द गर्नुपर्छ । पीडितलाई सरकारले अविलम्व गास र बासको प्रबन्ध गर्नु पहिलो प्राथमिकता हो । प्राकृतिक प्रकोप र विपत्तिसँग साक्षत्कार गर्ने क्षमता राज्यले बनाउनै पर्छ । प्रत्येक वर्ष प्रकोपको क्षतिको तथ्याङ्क सङ्कलन गरेर मात्रै हुँदैन्, चेतावनी दिएर मात्रै पुग्दैन । ठोस कार्ययोजना बनाएर लागू गर्न राज्य संयन्त्र क्रियाशील हुनुपर्छ । राज्यले आहतहरूलाई केबल राहत र उद्धार गरे पुग्छ । समयमै सहयोग गरेर जनधनको रक्षा गर्नु नै सरकार हुनुको प्रत्याभूति हो ।सतर्कता र सजगताका लागि समयमै जाग्नु बद्धिमता हो ।

कमेन्ट्स
Loading...