सुचना, समाचार र मनोरन्जन

रियालिटी शो ‘हिमालय रोडिज’को पाँचौं सिजनलाई होष्ट गर्दै सुरजसिंह

काठमाडौं : 

रियालिटी शो ‘हिमालय रोडिज’को पाँचौं सिजनको औपचारिक घोषणा भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सिजन ५ को औपचारिक रुपमा घोषणा भएका हो । उक्त कार्यक्रममालाई अभिनेता सुरजसिंह ठकुरीले होस्ट गर्ने छन् । कार्यक्रममा ठकुरीसँग आयोजकले सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । अर्को वर्षको पहिलो महिनाबाट हिमालय टेलिभिजनबाट शो सुरु हुनेछ ।

‘नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय फ्रेन्चाइजको ट्रेण्ड छ । पहिलेदेखि नै यसको एक हिस्सा बन्न सकूँ भन्ने लागेको थियो,’ठकुरीले पत्रकार सम्मेलनमा भने,‘२२ वर्ष भयो टेलिभिजनमा काम गरेको । अहिलेसम्म आफैंले जन्माएको शो मात्र गरें । अब भने अरुकै निर्देशनमा काम गर्नेछु ।’
हिमालय टेलिभिजनबाट प्रसारण हुने यस रियालिटी शोलाई सिमोस सुनुवारले गर्दैछन् । सम्मेलनमा शो निर्देशक सुनुवारले ठकुरीसँग काम गर्न पाउनु आफु भाग्यमानी रहेको बताए । उनले सुरजसँग काम गर्नुलाई आफ्नो भाग्यको रुपमा लिएको सुनाए । निर्देशक सुनुवारका अनुसार रोडिजलाई बडी बिल्डर र म्याचो मान्छेको मात्र शो मान्न नहुने तर्क गरे ।

होष्ट ठकुरी ‘कल कान्तिपुर, इट्स माइ शोमार्फत चर्चामा आएका हुन् । उनको यि सबै कार्यक्रम चर्चामा रहेका थिए । उनले केहि फिल्ममा समेत अभिनय गरेका छन् । उनले कर्कश, नाइँ नभन्नु ल २ र ३, जंगे र समर लभ उनी अभिनित फिल्म हुन् । यसमा नाई नभन्नुँ ल हिट भए ।
कार्यक्रममा हिमालय टीभीका महाप्रबन्धक (जीएम) गोविन्द ढकालले टेलिभिजनसँग आकर्षक र दर्शकको रुचिका आधारमा विश्वस्तरीय रियालिटी शो पाइपलाइनमा रहेको बताए ।

कमेन्ट्स
Loading...